राष्ट्रिय युवा संघ नेपाल खेलकुद बिभागले महिला आत्मरक्षा तालिम प्रदान गर्यो
कपन अनलाइन
काठमाडौं, भाद्र ६ । राष्ट्रिय युवा संघ नेपाल खेलकुद बिभागले महिला आत्मरक्षा तालिम प्रदान गरेको छ । बढ्दो महिला तथा बालिका हिंसालाई मध्यनजर गर्दै महिलाको आत्मबल बढाउने उदेश्य सहित भाद्र ५ गते शनिबार केन्द्रीय खेलकुद विभाग नयाँबानेश्वरमा आयोजित उक्त तालिममा १५० जना महिला तथा किशोरीहरुको सहभगिता रहेको थियो ।
उक्त तालिमको प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य नेकपा एमाले केन्द्रीय सदस्य महेश बस्नेत रहेका थिए भने बिशेष अतिथिको रुपमा राष्टिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेल, महिला विभाग प्रमुख उर्मिला सुनुवार,युथफोर्स उपप्रमुख पुष्प श्रेष्ठ का साथै प्रशिक्षक केशर सुब्बा लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रम संचालन अजय श्रेष्ठले गरेका थिए।कार्यक्रममा खेलकुद बिभाग प्रमुख कुबेर अधिकारीले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।
तालिममा महिला तथा किशोरीहरुलाई प्रशिक्षकले आत्मा रक्षा गर्ने तरिका बारे जानकारी दिएका थिए। उक्त तरिकालाइ आवश्यकता परेको समयमा उपयोग गर्नको लागि आत्मबल र मानसिक रुपले तयार रहन तालिमको आयोजना गरिएको जानकारी गराइएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नेकपा एमाले केन्द्रीय सदस्य महेश बस्नेतले महिलालाइ शारीरिक र मानसिक रुपमा बलियो राख्न आत्मरक्षा तालिमले सहयोग पुग्ने बताए । महिला तथा किशोरीलाई आत्मरक्षा तालिमले आफ्नो सुरक्षाका लागि प्रतिरक्षा गर्न सिकाउने बताए । उनले किशोरी तथा महिलालाई कहिल्यै पनि पुरुषभन्दा कमजोर नठान्न अनुरोध गरेका थिए।