ऋषिराम ढकालको अध्यक्षतामा मेरुदण्डीय पक्षघात समुह नेपाल गोकर्णेश्वर ८ को कार्यसमिति चयन

कपन अनलाइन 

काठमाडौं भाद्र ६।  मेरुदण्डीय पक्षघात समुह नेपाल   गोकर्णेश्वर ८ को  छैठौँ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।नेपाल अपाङ सघंको सामुदायिक हलमा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपालको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न उक्त कार्यक्रमको बिशेष अतिथिको रुपमा  गोकर्णेश्वर नगरपालिका नगर प्रवक्ता तथा वडा ८ का वडा अध्यक्ष मनोज ढुगांना , गोकर्णेश्वर नगरपालिका कार्यपालिका सदस्य न्यायिक सदस्य तथा वडा ९ को वडा सदस्य सत्यभामा श्रेष्ठ , स्पाइनल इन्जरी सघंका कोषाध्यक्ष तथा मेरुदण्डीय पक्षघात समुह नेपालको सल्लाहकार अरभिन्द दास जोशी, टक्सार म्यागाजिनका प्रधान सम्पादक तथा यस सस्थांका सल्लाहकार गजेन्द्र बुढाथोकी , मेरुदण्डीय पक्षघात समुह नेपालका सल्लाहकार असोक मानन्धर , कृष्ण खड्का , कानुनी सल्लाहकार दिपकराज जोशी तथा सुन्दर ढोका साथि सेवाका अध्यक्ष कोषविलास अधिकारी लगाएतको उपस्थिति रहेकोे थियो ।

उक्त अधिवेशनबाट ऋषिराम ढकालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छन  ।जसको  उपाध्यक्षमा झरना कुमारी राकसकोटी, महासचिवमा केशव थापा, सचिवमा राजेन्द्र खनाल, कोषाध्यक्षमा कृष्ण प्रसाद भण्डारी, सदस्यहरुमा हिमाल अर्याल, रविन्द्र खत्री, राम बहादुर तामाङ, लक्ष्मी कुवँर, सगिंता माझि र निर्मला भण्डारी रहेका छन्।

 

तपाइँको प्रतिक्रिया ।