कतै इतिहास,कतै परम्परा, गौरव र पौरख : पूर्वप्रधानमन्त्री केपी ओली (कविता)

कतै इतिहास,कतै परम्परा, गौरव र पौरख : पूर्वप्रधानमन्त्री केपी ओली (कविता)

कपन अनलाइन
काठमाडौं, भाद्र ५ ।

चन्द्रागिरि हिल्समा पुगेपछि तीन वर्षअघि ‘सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाउँ‘’ भन्ने सन्देशको रचना सिर्जना गरेका  नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले  सोही स्थानमा पुगेर राष्ट्रिय एकता र समृद्धिका लागि आत्मबल बढाउने अर्को सिर्जना गरेका छन ।

कविता :

इच्छुमतिको किनार, घुमेर भिराडील
घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल

कतै इतिहास, कतै परम्परा, गौरव र पौरख

यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर

शोकमग्न शिवजी भौतारिएका थिए
यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले

चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए
यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर
सुन्दर काठमाडौँलाई नियालेका थिए

देवकोटाले मानवताको बिगुल फुगेका थिए
यही ठाउँमा अहिले फालिएको भिरलाई
गन्तव्य बनाएका छन् पौरखीहरुले ।

तपाइँको प्रतिक्रिया ।