प्रदेश नं १ का खेलाडीहरुलाई कोरोनाको खोप उपलब्ध गराउन नेपाल खेलकुद महासंघको माग

प्रदेश नं  १ का खेलाडीहरुलाई कोरोनाको खोप उपलब्ध गराउन नेपाल खेलकुद महासंघको माग

कपन अनलाइन

काठमाण्डौ ,साउन ३० ।

नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष रमेश पौडेलको नेतृत्वको टोलीले प्रदेश नम्बर -१ की सामाजिक विकासमन्त्री उषाकला राईलाई प्रदेश १ का खेलाडीहरुलाई कोरोनाको खोप उपलब्ध गराउन माग गरेको छ ।

शुक्रबार सामाजिक विकासमन्त्री राईको कार्यकक्षमा पुगेको  पौडेल लगायतको टोलीले प्रदेश १ का खेलाडी तथा प्रशिकक्षहरुलाई कोभिड विरुद्धको खोप तत्काल उपलब्ध गराउन माग गरेको हो ।

प्रदेश नं  एकको खेलकुद विकास बोर्ड तत्काल गठन गर्नसमेत माग गरिएको जानकारी दिदै  अध्यक्ष पौडेलले  केहि दिनमै प्रदेश-१ का खेलाडीहरुलाई खोप लगाउने कार्यक्रम रहेको बताएका छन।

भेटमा खेल , खेलाडी र खेलमैदान, प्रशिक्षकहरुको हक हित र अधिकार लगायतका विषयमा महत्त्वपूणर् छलफल भएको केन्द्रीय अध्यक्ष पौडेलले बताउनुभयो । मन्त्री राईलाई जन्म दिनको शुभकामना दिँदै अध्यक्ष पौडेल नेतृत्वको टोलीले समसामयिक विषयमा महत्वपूणर् छलफल गरेको केन्द्रीय उपाध्यक्ष प्रभातविक्रम कटुवालले बताए  । “प्रदेश-१ का खेलाडी तथा प्रशिक्षकहरुलाई कोभिड-१९ विरुद्धको खोपको व्यवस्था तत्काल मिलाइदिन मौखिक रुपमा भनेका छौँ ।” उनले भने  ।

सो अवसरमा  नेपाल खेलकुद महासंघ केन्द्रिय अध्यक्ष रमेशकुमार पौडेलको  सहित  बरिस्ट  उपाध्यक्ष पर्शुराम बस्नेत , केन्द्रिय उपाध्यक्ष तथा प्रदेश न.१ का इन्चार्ज प्रभात बिक्रम कटवाल , सह -इन्चार्ज सन्तोष बान्तावा राई , सचीव बासु नेपाल , स्थायी कमिटी सदस्य सन्तोशी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।