लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा !

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा  !

कपन अनलाइन

काठमाण्डौ ,साउन २७।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिने संकेत गरेका  छन्।

नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै उनले राजीनामा दिन सक्ने  नेकपा एमाले लुम्बनी प्रदेशसभाका एक सदस्यले बताएका छन।  सभाको बैठक बस्नुअघि नै उनले पदबाट राजीनामा दिएका हुन्। बैठक आजै दिउँसो १ बजे बस्न लागेकाे थियाे। जसपाका तीन सांसदमाथि पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले सदर गरिदिएसँगै मुख्यमन्त्री पोखरेल धरापमा परेका हुन्।

हाल विपक्षी गठबन्धनसँग ४१ सांसद छन्। त्यसबाहेक एकजना सभामुख पनि छन्। मुख्यमन्त्री (एमाले) सँग भने ३८ जना सांसद मात्र छन्। बहुमतका लागि ४१ जना सांसद आवश्यक पर्छ।

तपाइँको प्रतिक्रिया ।