नेपाल स्काउट शंखरापुर नगर समितिको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण सम्पन्न
कपन अनलाइन
काठमाडौं श्रावण २६ । नेपाल स्काउट शंखरापुर नगर समितिले नगर प्रमुख,उप-प्रमुख तथा समितिका सदस्यहरुको दीक्षान्त समारोह सम्पन्न गरेको छ। हरेक स्कुल र कलेजमा स्काउट स्थापना गर्ने र एक घर एक स्काउट अवधारणा लिएर संगठन विस्तार गर्ने उद्घोष गर्दै शनिबार पद तथा गोपनियताको सपथ सम्पन्न भएको हो ।साँखुको भक्ति ब्याम्बो कटेजमा नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा बागमती प्रदेश सभा सदस्य दिपक निरौला,नेपाल स्काउटका बागमती प्रदेश सदश्य शिवराम अर्याल नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराई सहित जनप्रतिनिधिहरु लगाएतको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता शंखरापुर नगरपालिका संयोजक धर्म भक्त मल्लले गरेका थिए । शंखरापुर नगर स्काउटले स्थानीय स्काउटका संरक्षक नगर प्रमुख सुवर्ण श्रेष्ठ सहित स्थानीय स्काउट प्रमुख उपप्रमुख शुक्र लक्ष्मी श्रेष्ठ र स्थानीय स्काउट सदस्य सचिबको रुपमा शिक्षा शाखा प्रमुख शुकदेब नेपाललाइ दीक्षान्त गरिएको थियो । दीक्षित पदाधिकारीहरूलाई स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
स्काउट संयोजक भण्डारीले देश भर विपद व्यवस्थापनमा काम गरिरहेको बताउदै स्वयम् सेवाको भावनाले काम गर्नेहरु मात्र स्काउटर हुन सक्ने बताएका थिए मानब धर्म नै स्काउटको धर्म भएको बताउदै स्काउट सँगको आवद्धताले स्वयंसेवाको विकास मात्र नगरी यो अभियानमा जोडिनेहरूको बौद्धिक, नैतिक र सामाजिक विकास हुने जिकिर गरेका थिए । समाज रुपान्ततरणमा स्काउटको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उनले सरकारले पनि स्काउट अभियानको मर्म बुझेर सोही अनुसार बजेटको व्यवस्था गरिरहेको उल्लेख गरेका थिए । कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सदस्य दिपक निरौला, टोखा नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठ, उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।