गोकर्णेश्वरमा शुक्रबार ३ हजार ८ सय जनाले कोरोना बिरुद्द् भेरोसेल खोपको दोस्रो मात्रा लगाए
कपन अनलाइन
काठमाडौँ, श्रावण २३ । गोकर्णेश्वर नगरपालिकामा शुक्रबार श्रावण २२ गते ३ हजार ८ सय जनाले कोरोना बिरुद्द् भेरोसेल खोपको दोस्रो मात्र लगाएका छन । नगरपलिकाले खोप लगाउन सहज होस् भनेर छ वटा खोप केन्द्र संचालनमा ल्याएको छ । श्रावण २४ गते सम्म चल्ने उक्त खोप कार्यक्रममा शुक्रबार १७ २५ जना पुरुष र २०७५ जना महिला गरि कुल ३ हजार ८ सय जनाले कोरोना बिरुद्द् भेरोसेल खोपको दोस्रो मात्र लगाएको हो खोप कार्यक्रम श्रावण २४ गते सम्म चल्ने नगरपालिकाले जनाएको छ ।नगरपालिकाले निम्न खोप केन्द्र बाट खोप कार्यक्रम संचालन गरिरहेको छ ।
ओख्रेनी माबी गोकर्णेश्वर १ सुन्दरीजल,
सहयोगी माबी, गोकर्णेश्वर ४
गोकर्णे माबी गोकर्णेश्वर ४ (पाटीचौर)
अरुणोदय माबी आरुबारी गोकर्णेश्वर ९
चामुण्डा माबी गोकर्णेश्वर ६ नारायणटार जोरपाटी
र चार्ल्स डार्बिन एकेडेमी गोकर्णेश्वर ६ बन्चेटार नयाबस्ती