सडकको ७२ हजारले बुढानिलकण्ठका सव-इन्जिनियर अख्तियारको खोरमा
कपन अनलाइन
काठमाण्डौ ,साउन २२।
बुढानिलकण्ठ नगरपालिकाका प्राविधिक बिनोद पौडेल घुस रकम सहित पक्राउ परेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा रहेको होटल सब्रिना बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेललाई पक्राउ गरेको हो।
नगरपालिकाको एक सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न पश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग . ७२ हजार घुस/रिसवत माग गरेको सुचना पाएको टोलीले पौडेललाई उक्त रकम सहित पक्राउ गरेको थियो।पौडेललाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको आयोगले जानकारी दिएको छ।
पौडेल पक्राउ परे संगै बुढानिलकण्ठ नगरपालिकाका कर्मचारीहरुमा खैला बैला मच्चिएको छ र नगरवासीले तिरेको करमा तर मारिरहेका केहि शाखा प्रमुख र कर्मचारीहरुको सातो उडेको एक जनप्रतिनिधिले बताएका छन।
प्राविधिक शाखाका पौडेल पक्राउ परे संगै अहिले बुढानिलकण्ठ नगरपालिकामा योजना,स्वास्थ्य,जिन्सी, लेखा लगायतका शाखाहरुमा पनि आज व्यापक गाइगुइ र रुवावासी चलेको दृश्य निकै रोचक रहेको एक प्रत्यक्षदर्शीले बताएका छन।