नागार्जुन नगरपालिकाले कोभिड १९ बिरुद्दको भेरोसेल खोपको दोस्रो मात्राको लागि खोप केन्द्र तोक्यो

कपन अनलाइन

काठमाडौं,श्रावण २२ । नागार्जुन  नगरपालिकाले कोभिड १९ बिरुद्द खोप सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ । नगर प्रमुख मोहन बहादुर बस्नेतले  जारी गरेको सुचनामा  २०७८ साल श्रावण २२ गते देखि २०७८ साल श्रावण २४ गते सम्म  बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म भेरोसेल खोपको पहिलो मात्र लगाई २१ दिन  पुरा भएका व्यक्तिलाई सो खोपको दोस्रो मात्रा लगाइने हुँदा पहिलो खोप लगाएको कार्ड र विधुतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहित नम्बरको आधारमा आफुलाई पायक पर्ने निम्न खोप केन्द्रमा गइ दोस्रो मात्रा लगाउनको लागि अनुरोध गरिएको छ  ।

खोप केन्द्रहरु

१) शहरी स्वास्थ्य केन्द्र वडा नं १

२) शहरी स्वास्थ्य केन्द्र वडा नं २

३) इचंगुनारायण स्वास्थ्य चौकी वडा नं ३

४ ) पिपल्स  एकेडेमि सितापाइला वडा नं ४

५) इलाइन मेमोरियल थापा चोक वडा नं ५

६) रत्न राज्य मा.बी रामकोट

७) शहरी स्वास्थ्य केन्द्र वडा नं ७

८) भिमढुंगा  स्वास्थ्य चौकी  वडा नं ८

९)  वडा कार्यालय वडा नं ९

१०) स्युचाटार स्वास्थ्य चौकी वडा नं १० तोकिएको छ ।

तपाइँको प्रतिक्रिया ।