शंखरापुर नगरपालिकाले कोभिड १९ बिरुद्दको भेरोसेल खोपको दोस्रो मात्राको लागि खोप केन्द्र तोक्यो
कपन अनलाइन
काठमाडौं,श्रावण २२ । शंखरापुर नगरपालिकाले कोभिड १९ बिरुद्द खोप सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ । नगरपालिकाको जनस्वास्थ्य अधिकृत बिष्णु प्रसाद चापागाईले जारि गरेको सुचनामा २०७८ साल श्रावण २२ गते देखि २०७८ साल श्रावण २४ गते सम्म बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म नगरपालिका भित्र बसोबास गर्ने भेरोसेल खोपको पहिलो मात्र लगाई २१ दिन पुरा भएका व्यक्तिलाई सो खोपको दोस्रो मात्रा लगाइने हुँदा पहिलो खोप लगाएको कार्ड सहित आफुलाई पायक पर्ने निम्न खोप केन्द्रमा गइ दोस्रो मात्रा लगाउनको लागि अनुरोध गरिएको छ ।
खोप केन्द्रहरु
१) लप्सेफेदी स्वास्थ्य चौकी जहरसिंह पौवा
२) साँखु स्वास्थ्य चौकी साँखु,
३)इन्द्रायणी नगर अस्पताल इन्द्रायणी
तपाइँको प्रतिक्रिया ।