नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले राजिनामा दिए

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले राजिनामा दिए

कपन अनलाइन

काठमाडौं , श्रावण २१ । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । विष्टले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएका हुन् ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्टलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले  ४ वर्षका लागि नियुक्त गरिएको थियो ।३ वर्षे कार्यकाल पूरा गरेका विष्टले सन्चार मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिएको जानकारी गराएका  छन  ।राजनीतिक नियुक्तिको पद भएकाले आफूले नैतिक रूपमा राजीनामा दिएको बताएका छन  ।

फोटो : सामाजिक संजाल

 

तपाइँको प्रतिक्रिया ।