टोखामा स्वास्थ्यकर्मीमाथि आक्रमण पछी खोप कार्यक्रम स्थगित,दोषीलाई कारवाहीको माग (बिज्ञप्ति सहित )

टोखामा स्वास्थ्यकर्मीमाथि आक्रमण पछी खोप कार्यक्रम स्थगित,दोषीलाई कारवाहीको माग (बिज्ञप्ति सहित )

कपन अनलाइन

सिन्धुपाल्चोक ,साउन १७।

टोखा नगरपालिकामा खोप लगाउने क्रममा स्वास्थ्यकर्मीमाथि आक्रमण गरिएको भन्दै खोप कार्यक्रम स्थगित गरिएको छ। सनिवार बिहान खोप लगाउने क्रममा  परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि आक्रमण गरिएपछी खोप कार्यक्रम स्थगित गरिएको हो ।

टोखा नगरपालिकाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले खोप लगाउने क्रममा स्वास्थ्यकर्मीमाथि आक्रमण गरिएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

शनिबार कोभिड–१९ विरुद्धको भेरोसेल पहिलो मात्रा खोप लगाउने क्रममा खटिएका स्वास्थ्यकर्मीमाथि ग्रान्डी अस्पताल परिसरभित्र  परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि आक्रमण गरिएको भन्दै कारबाहीको माग गरिएको हो ।

नगरपालिकाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न स्थानीय व्यक्तिहरुले सांघातिक आक्रमण गरेको आरोप लगाएका छन् ।

“कोभिड–१९ महामारीको कारण सृजित विषम परिस्थितिमा ज्यानको प्रवाह नगरिकन जोखिम मोल्दै रातदिन आफ्नो कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीप्रति न्यूनतम मानवीय व्यवहारसमेत नगरी दुर्व्यवहार गर्ने, हातपात गर्नेजस्ता निन्दनीय कार्यको घोर भर्त्सना गर्दै उक्त घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्नलाई कानुनी दायरामा ल्याई अविलम्ब कडाभन्दा कडा कारबाही गर्न टोखा नगरपालिकामा कार्यरत सबै कर्मचारी तथा स्वास्थ्यकर्मी जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

दुर्व्यवहारका घटना बढ्दै जाँदा अहोरात्र निस्वार्थ सेवामा तल्लीन स्वास्थ्यकर्मीहरूको मनोबल गिर्ने र सेवा प्रवाह गर्न कठिन अवस्था आउन सक्ने विज्ञप्तिमा उल्लेख छ । यस्ता घटना हुन नदिई स्वास्थ्यकर्मीहरूको पेसागत सुरक्षा गर्न/गराउन सरोकारवाला निकायको विज्ञप्तिमार्फत ध्यानाकर्षण समेत गराइएको छ ।

बिज्ञप्ति :

तपाइँको प्रतिक्रिया ।