गोकर्णेश्वर नगरपालिकामा बिहिबार ५ हजार ४  सय ३ जनाले कोरोना बिरुद्दको खोप लगाए

कपन अनलाइन

काठमाडौँ, श्रावण ८। गोकर्णेश्वर नगरपालिकामा अमेरिकाबाट अनुदान प्राप्त जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना विरुद्ध खोप  अभियान अन्तर्गत बिहिबार श्रावण ७ गते  २५६६ जना पुरुष र २८३७ जना महिला गरि कुल ५ हजार ४ सय ३ जनाले  लगाएको स्वास्थ्य शाखाले जनाएको छ ।

एक डोज मात्र लगाए पुग्ने सो खोप सोमबार बाट ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिन सुरु गरिएको थियो भने श्रावण ७ गते १८ वर्ष उमेर समूह माथिका लाइ पनि लगाइएको थियो  । नगरपालिकाले बिहिबार ओख्रेनी माबी खोप केन्द्रमा  १४९३   जनालाई लगाएको छ भने चामुण्डा माध्यामिक बिद्यालय खोप केन्द्रमा  २४०५ जनालाई र सहयोगी माध्यामिक बिद्यालय खोप केन्द्रमा  १५०५ जनालाई गरि कुल ५हजार ४ सय ३ जनालाई खोप लगाइएको नगरपालिकाले जनाएको छ ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।