सिन्धुपाल्चोक जिल्लाका दुई संचार माध्यमलाई मन्त्रि सरेश नेपालको सहयोग

सिन्धुपाल्चोक जिल्लाका दुई संचार माध्यमलाई मन्त्रि सरेश नेपालको सहयोग

कपन अनलाइन

हेटौडा ,साउन ६।

सिन्धुपाल्चोक जिल्लाका दुई संचार माध्यमलाई  बागमती प्रदेशका उद्योग,वन,पर्यटन तथा वातावरणमन्त्री सरेश नेपालले सहयोग गरेका छन।  नेपालले भौतिक संरचना निर्माण गरिरहेको रेडियो जुगललाई ४ लाख ४० हजार रुपैयाँ उपलब्ध गराएका छन भने  भर्खरै मलम्चीको बाढीको चपेटामा परेको रेडियो मेलम्चीलाई ३ लाख २७ हजार रुपैयाँ सहयोग गरेका छन ।

जिल्ला विकास समितिको सभापति हुँदा पनि सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई बिशेष सहयोग गरेका  नेपालले जिल्लाका संचार माध्यमहरुलाई  आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवदत्ता ब्यक्त गरेका छन  ।

तपाइँको प्रतिक्रिया ।