नेपाली कांग्रेस गोकर्णेश्वर वडा नं ८ इकाई समितिको सभापतिमा राजेश दाहालको दावी
कपन अनलाइन
काठमाडौँ, असार ३१ । काठमाडौं क्षेत्र नं ३ मा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन केन्द्रित गतिबिधि तीव्ररूपमा चलिरहेको छ । क्षेत्रीय सभापति पद देखि इकाइ र नगर समितिका सभापतिका लागि भेटघाट, छलफल तथा चलखेल तीव्र चलिरहेको छ भने केही नेताहरु आफूलाइ नेतृत्वको रूपमा दावी पनि गरिरहेका छन।
त्यसै क्रममा नेपाली कांग्रेस १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ३ को गोकर्णेश्वर वडा नं ८ इकाई समितिको सभापतिमा सहसचिब राजेश दाहालले दाबी गरेका छन ।आफु कुरामा भन्दा काममा बिश्वास गर्ने भन्दै दाहालले इकाइका सबै क्रियाशील सदस्यहरुलाई मिलाएर पार्टीको नीतिनियम अनुसार चल्ने बताएका छन ।
नेपाली काङ्ग्रेसलाई आफ्नो तहबाट विशिष्ट पहिचान निर्माण गर्न लाग्ने बताउने उनले म र मेरो भन्दा हामी र हाम्रो नेपाली काङ्ग्रेस बनाउन आफ्नो तर्फ बाट भूमिका खेल्ने समेत बताएका छन डांडा गाउ टोल सुधार समितिको दुइ बर्ष अध्यक्षको रुपमा उल्लेखनीय काम गरेका उनि सामाजिक काममा समेत उत्तिकै सक्रिय रहेका छन् ।
महांकाल भैरब मन्दिरमा सप्ताह लगाउने कार्यमा प्रमुख व्यवस्थापकको रुपमा सफलता पुर्वक कार्य सम्पन्न गराउन महत्वपूर्ण योगदान पुर्याएका थिए ।कोरोना रोकथाम तथा नियन्त्रणमा स्वयं सेवी भूमिका खेल्दै संक्रमितको उपचारमा आवश्यक अक्सिजन सिलिन्डर संकलन देखि संक्रमितको हौसला बढाउने काममा लाग्दै आएका उनले नेपाली कांग्रेस १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ३ को गोकर्णेश्वर वडा नं ८ इकाई समितिको सभापतिमा म्मेदवारी दिन लागेको दाहालले बताएका छन ।