गोकर्णेश्वर नगरपालिका द्वारा ५० प्रतिशत अनुदानमा कृषक समूहलाइ हाते मिनी ट्रेलर प्रदान

गोकर्णेश्वर नगरपालिका द्वारा  ५० प्रतिशत अनुदानमा कृषक समूहलाइ हाते मिनी ट्रेलर प्रदान

कपन अनलाइन

काठमाडौं असार ३० । गोकर्णेश्वर नगरपालिकाका किसानलाई मिनी ट्रेलर प्रदान गरिएको छ । नगरपालिकाको कृषि बिकास शाखाको बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत  नगरपालिकाका इच्छुक किसानहरुको मागको आधारमा  १५ वटा  कृषक समूहलाई एक/एक वटाको दरले ट्रेलर वितरण गरिएको हो ।

 यस अघि  नगरपालिकाले  देउराली एन्ड देबकी कृषि फर्म, संजोग एण्ड शुसांक कृषि फर्म, पाल्पाली एग्रो फर्म, चालिसे कृषि तथा गाइ फर्म, २०७८ साल जेठ ८ गते गोकर्णेश्वर फर्म हाउस, बैबू मौसमी तथा बेमौसमी कृषि फर्म, शुशिला कृषि तथा पशुपंछी फर्म, स्वर्गपुरी टोल सुधार  कृषक  समुह, पाथिभरा व्यवसायी कृषक समुह , चामुण्डा बहुउद्देशिय सहकारी संस्था लिमिटेड,  नव बिहानी कृषि सहकारी संस्था लिमिटेड, कल्पना ,कृषि तथा पशुपंक्षी फर्म, मेलमिलाप अर्ग्यानिक कृषि साझेदारी समुह, सम्झना कृषि तथा बाख्रा पालन फर्म गरि १५ जना कृषक समुहलाई बुधबार  एक कार्यक्रमका बीच नगर प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल लगायतले उक्त सामग्री  प्रदान गरेका हुन।

नगरपालिकाको  ५० प्रतिशत अनुदान र बाँकी किसान समूहले व्यहोर्नेगरी वितरण गरिएकोनगरपालिका कृषि शाखा प्रमुख इन्दिरा खड्काले कपन अनलाइनलाइ जानकारी गराइन। किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाइ उत्पादन बढाउन किसान समूहलाई मिनी ट्रेलर हस्तान्तरण गरिएको  नगर प्रमुख सन्तोष चालिसेले जानकारी गराए   ।

किसानहरुलाई कृषि पेशामा प्रेरित गर्न अनुदानमा कृषि उपकरण वितरण गरेको र   कृषि क्षेत्रमा आधुनिकीकरणसँगै प्रविधिको उच्च प्रयोग गर्न नगरपालिकाले योजना बनाइहेको समेत उनले जा कृषिमा उन्नत प्रविधिमार्फत् श्रम र लागत घटाइ उत्पादन बढाउन समय र कृषकको मागअनुसार मिनी टिलर वितरण गरेको  नगरपालिकाको कृषि शाखाले   जनाएको छ  । ५० प्रतिशत अनुदानमा  मिनी  ट्रेलर पाए पछि  कृषकहरुले खुसि ब्यक्त गरेका छन ।

तपाइँको प्रतिक्रिया ।