नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्रको गोकर्णेश्वर ८ मा ज्येष्ठ नागरिक घर दैलो स्वास्थ्य परिक्षण शिविर सम्पन्न

नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्रको गोकर्णेश्वर ८ मा ज्येष्ठ नागरिक घर दैलो स्वास्थ्य परिक्षण शिविर सम्पन्न

कपन अनलाइन

काठमाडौँ, असार ३० । नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्र गोकर्णेश्वर ६ ले कोभिड १९ बाट प्रभावित ज्येष्ठ नागरिक घर दैलो स्वास्थ्य परिक्षण शिविर कार्यक्रम  संचालन गरेको छ ।नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्र गोकर्णेश्वर ६ को आयोजना तथा  गोकर्णेश्वर नगरपालिका वडा नं ८  संगको सहकार्यमा कोभिड १९ बाट प्रभावित ज्येष्ठ नागरिक घर दैलो स्वास्थ्य परिक्षण शिविर मंगलबार महांकाल भैरब सामुदायिक भवन गोकर्णेश्वर८  मा गरिएको हो ।

आत्मा साक्षी राखी मन, बचन र कर्मले वृद्द,अपाङ्ग असाहयको सेवा। शान्ति ,स्थायित्व र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणमा टेवा भन्ने मूल नाराको साथमा  महांकाल भैरब सामुदायिक भवन गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा बिहान ९ बजे देखि शुरु भएको सो कार्यक्रम अपरान्ह ३ बजे सम्म चलेको कार्यक्रम संयोजक देविका  शर्मा राजोपाध्यायले कपन अनलाइनलाइ जानकारी गराइन । उक्त शिविरमा १०३ जना ले स्वास्थ्य परिक्षण गरेको समेत जानकारी गराएकी छिन।

नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्रका अध्यक्ष रमेश ढुंगानाको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख  अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष  एबम गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज कुमार ढुंगानाले उद्घाटन गरेका थिए कार्यक्रममा  गोकर्णेश्वर नगरपालिका वडा नं८ का वडा सदस्य नन्दलाल श्रेष्ठ, महांकाल भैरब महिला समुहकी अध्यक्ष सुमित्रा श्रेष्ठ, समाज सेवी बाल कृष्ण ठकुरी,  लगायत , आयोजक संस्थाका पदाधिकारी, नेपाल स्काउटका स्वयं सेवकहरु सहित स्वास्थ्यकर्मी तथा स्थानीयको उपस्थिति रहेको थियो।   कार्यक्रम संचालन कार्यक्रम संयोजक देविका  शर्मा राजोपाध्यायले गरेकी थिइन।

कार्यक्रममा संस्थाका सदस्य डिपी ढकालले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए। कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका वडा नं८ का वडा सदस्य नन्दलाल श्रेष्ठले आयोजकलाइ धन्यबाद दिएका थिए ।कोरोना महामारीको कारण स्वास्थ्यमा समस्या भए पनि डरका कारण अस्पताल सम्म पुग्न नसकेका ज्येस्ठ नागरिकहरुलाई लक्षित गरेको उक्त स्वास्थ्य शिबिरको प्रसंशा गर्दै  ज्येष्ठ नागरिकहरुलाई नेपाल सरकार बाट उपलब्ध  विभिन्न औषधिहरु नगरपालिका अन्तरगतका स्वास्थ्य केन्द्र बाट निशुल्क वितरण गरिरहेको जानकारी गराएका थिए। उनले यस्ता कार्यक्रमहरु प्रत्येक तीन तीन महिनामा आयोजना गर्न सकेको खण्डमा अस्पताल सम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकहरु लाभान्वित हुने बताउदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए।

कोरोनाबाट सबै उमेर समूहका व्यक्ति संक्रमित भएका छन्। तर, प्रत्यक्ष शारीरिक स्वास्थ्यमा र मनोसामाजिक हिसाबले ज्येष्ठ नागरिक धेरै प्रभावित भएको बताए । ज्येष्ठ नागरिकहरू उमेरसँगै शरीरका विभिन्न प्रणालीमा आउने परिवर्तनका कारण कमजोर हुन्छन्। शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि शिथिल हुँदै जान्छ। त्यही कारण संक्रमणजन्य रोगहरूको चपेटामा छिटै  पर्ने हुँदा उनीहरुको समय समयमा स्वास्थ्य परिक्षण गरिरहनु पर्ने बताए।

, अप्रत्याशित रूपमा भएको बन्दाबन्दीले स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकको पहुँच  घट्दा बिभिन्न समस्या देखिएको र त्यो समस्या निराकणका लागि नगरपालिकाले विभिन्न सघ संस्थाहरु संगको समन्वयमा स्वास्थ्य शिबिर लगायतको कार्यक्रम गर्दै आएको जानकारी गराएका थिए। उनले आयोजकलाइ  कार्यक्रम सफलताको शुभकामना दिदै आगामी दिनमा पनि हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका थिए। अध्यक्षताको आसन बाट बोल्दै संस्थाका अध्यक्ष  रमेश ढुंगानाले  उपस्थित सबैलाई धन्यबाद दिएका थिए । मानिस भौतिक रुपमा मात्र होइन मानसिक रुपमा पनि  खुशी र स्वस्थ  भए मात्र समाज स्वस्थ हुने बताउदै स्वस्थ समाज निर्माणको लागि नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्रले  बिभिन्न स्थानमा नागरिक घर दैलो स्वास्थ्य परिक्षण शिविर लगायतको कार्य गर्दै आएको  बताउदै नगरपालिकाको ९ वटै वडामा सो कार्यक्रम गर्दै जाने संस्थाको योजना रहेको जानकारी गराएका थिए  ।

तपाइँको प्रतिक्रिया ।