डाक्टरसँग ६० लाख रुपैयाँ ठगी गर्ने पक्राउ

डाक्टरसँग ६० लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौ, २९ माघ – चिकित्साशास्त्रको स्नातकोत्तर एमडी अध्ययनका लागि नाम निकालिदिन्छु भनेर डाक्टरसँग ६० लाख रुपैयाँ ठगी गर्ने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बालाजुको जनमैत्री अस्पतालमा कार्यरत डा. मनोजकुमार साहलाई एमडी अध्ययनका लागि ग्यारेण्टीका साथ नाम निकालिदिने भनेर रकम लिने धनुषा महेन्द्रनगरका रवि पौडेल, नवलपरासी रामग्रामका राजेश कहर र वीर अस्पताल कर्मचारी युनियनका सचिव दीपक मुडवरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

एमडी पढ्न नाम निकालिदिने भनेर साहलाई टेकु रायमाझी ट्रेडर्सका मेडिसिन प्रतिनिधि रवि पौडेलले कहरलाई सम्पर्क गराएकोमा उनले मुडभरीसँग भेट गराएका थिए । मुडवरीले वीर अस्पतालबाट सम्पूर्ण किर्ते माइन्युट, डा. मनोज साहको पोष्टिङको पत्र समेत किर्ते बनाई विश्वासमा सरकारी कागजात समेत नक्कली खडा गरी ६० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनालाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको छ ।

तपाइँको प्रतिक्रिया ।