शंखरापुरको जहरसिंह पौवामा संग्राहलय गेट शिलान्यास

शंखरापुरको जहरसिंह पौवामा संग्राहलय गेट  शिलान्यास

कपन अनलाइन

काठमाडौँ, असार २६। शंखरापुर नगरपालिकाका प्रमुख  सुबर्ण श्रेष्ठद्वारा जहरसिंह पौवामा संग्राहलय गेटको शिलान्यास गरेका छन। पुरातत्व बिभागको ३७ लाखको लागतमा राजनेता एवं विशिष्ठ व्यक्तिहरुको सम्झनामा उद्यान पार्क निर्माणस्थलमा गेटको एक कार्यक्रमका बीच उनले शिलान्यास गरेका हुन।करिब २३ फीट अग्लो बन्ने गेट निर्माणको लागि ठेकेदार कम्पनी शैलेश्वरी निर्माणले जिम्मेवारी पाएको छ। ठेकेदार कम्पनिका म्यानेजर जिताहाङका अनुसार असार ११ गते ठेक्का सम्झौता भएको उक्त काम  करिब २ महिना भित्र सप्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको उनले जानकारी गराए।

ऐतिहासिक र पर्यटकीय महत्व बोकेको  जहरसिंह  पौवामा गेट निर्माण पछि थप रौनकता थपिने नगर प्रमुख श्रेष्ठले जानकारी गराए ।शंखरापुरमा पर्यटन बिकासको लागि महत्वपूर्ण रहेको जर्सिङ पौवामा पर्यटनका पुर्बाधारहरु निर्माणमा नगरपालिका लागि परेको समेत उनले जानकारी गराए  ।अहिले गणेशमान सिंह पार्कका रुपमा रहेको क्षेत्रलाई बृहत बनाउँदै नेपालको राजनीतिक, साहित्यिक, सामाजिक क्षेत्रमा योगदान दिएका विशिष्ट व्यक्तिहरुको सम्झनामा पर्यटकीय पार्क निर्माण गर्ने योजना अघि सारिएको हो ।पर्यटकीय क्षेत्रको रुपमा रहेको जरसिंहपौवालाई थप आर्कषक गन्तव्यका रुपमा विकास गर्न  नगरपालिकाले तीनै तहका सरकार संग समन्वयमा काम अघि बढाईरहेको नगर प्रमुख श्रेष्ठले जानकारी गराएका छन   ।

तपाइँको प्रतिक्रिया ।