मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरूका दुईसय परिवारलाई विश्वास नेपाललको राहत

मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरूका दुईसय परिवारलाई विश्वास नेपाललको राहत

कपन अनलाइन

काठमाण्डौ ,असार १७।

विश्वास नेपालले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरूका दुईसय परिवारलाई राहत प्रदान गरेको छ ।
कोरोना महामारीका कारण रोजगारी बन्द भएर समस्यामा परेका उपत्यकामा रहेका श्रमिकहरूलाई चामल, नुन, तेल आलु, चिनी, दालसहित स्यानीटरी प्याड, स्यानिटाइजर मास्क प्रदान गरिएको हो ।
विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले विश्वव्यापी महामारी कोरोनाको कारण गत वर्षदेखि रेष्टुरेन्ट, पव, डान्सबार, मसाज पार्लरलगायतका क्षेत्रमा काम गरिरहेका महिला/किशोरीको रोजगारी खोसिएकोले उनीहरूलाई केही दिनका लागि पुग्ने सहयोग प्रदान गरिएको बताएकि छन  ।
उहाँले गत वर्ष लकडाउन भयो, यस वर्ष निषेधाज्ञा छ, त्यस क्षेत्रमा कार्यरत श्रमिकको अवस्था ज्यादै दयनीय, विहान बेलुकाको छाक टार्न पनि समस्या परिरहेकोले संस्थाले केही सहयोग जुटाएर दिएको बताएकि छन  ।
थोरै तलबमा काम गर्न वाध्य त्यस क्षेत्रका श्रमिकले रोजगारी खोसिकै कारण आत्महत्या समेत गरिरहेको संस्थाले जनाएको छ ।
विश्वास नेपालले संस्थाको सम्पर्कमा आएका श्रमिकका लागि मनोपरामर्शको सेवासहित सक्दो सहयोग गर्दै आएको अध्यक्ष भण्डारीको भनाई छ ।विश्वास नेपालले मनोरञ्जनको क्षेत्रमा काम गर्ने श्रमिकको हक, अधिकार र व्यवसायिक सिप, दक्षता सम्वन्धी सहयोग प्रदान गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।