ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा युवा संघका नेता माथि नेपाली कांग्रेसको आक्रमण (भिडियो सहित )
कपन अनलाइन
ओखलढुंगा ,असार १६ ।
ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा अर्को लफडा थपिएको छ । सो गाउँपालिकाको वडा नं ८ मा नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा युवा संघका अन्तर जिल्ला कमिटी अध्यक्ष मोहन घिमिरेलाई नेपाली कांग्रेसका नेता सांघातिक आक्रमणमा उत्रिएपछी नया लफडा शुरु भएको हो ।
असार १५ गते बेलुका ६.३० बजेको समयमा नेपाली कांग्रेसका नेता ओम बहादुर खत्रीले मोबाइल खोस्ने र अनैतिक गतिविधि गरेको युवा संघ ओखलढुंगाले बिज्ञप्ति जारी गर्दै आरोप लगाएको छ।
युवा संघ नेपालले जारी गरेको बिज्ञप्तिमा मादक पदार्थ सेवन गरेको टोलीले घिमिरेको घरमा तोडफोड गर्नुका साथै उनकी श्रीमती र भाउजुलाई समेत हातपात र दुर्व्यवहार गरेको आरोप लगाएको छ ।
स्थानीय गाउँपालिकामा सत्ताको आडमा भएका यस्ता गतिविधिलाई तुरुन्त रोक्न आग्रह गर्दै युवा संघ नेपालले दोषीलाई कारवाहीको माग समेत गरेको छ।
पिडित घिमिरेको परिवारले प्रहरी कार्यालय घोरखोरीमा निवेदन पेस गर्दै दोषी माथि कारवाहीको माग गरेको छ भने घाइते भएकी पिडित घिमिरेकी पत्नी नम्रता लिम्बु घिमिरे माथि भएको सांघातिक आक्रमणको लागि पनि आवस्यक कारवाही प्रक्रिया अगाडी बढाउन जोडदार माग गरेको छ।
मादक पदार्थ सेवन गरेर दिन दहाडै आक्रमणमा उत्रिएको समुह गाउँपालिकाका अध्यक्षको निर्देशनमा पठाइएको सोहि समूहका एक व्यक्तिले दिएको अभिव्यक्तिको भिडियो समेत आवस्यक परेमा सार्वजनिक गर्ने युवा संघ नेपालका केन्द्रिय सदस्य पदम बरालले कपन अनलाइनलाई बताएका छन ।
हेर्नुहोस भिडियो :