उपत्यकामा निषेधाज्ञा : निजि सवारीमा जोर विजोर ,पसल खोल्न पाइने

कपन अनलाइन

काठमाण्डौ, असार ६।

कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ ।

आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ । काठमाडौं, भक्तपुर र ललितपुरमा भाइरस संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई थप गरिएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले बताएका छन  ।

थपिएको निषेधाज्ञा अवधिमा थप केही क्षेत्र खुकुलो तुल्याइएको छ । प्रजिअहरूको संयुक्त बैठकलेअसार ८ गतेदेखि लागु हुने निषेधाज्ञामा कपडा पसल, भाडा पसल लगायत भिडभाड कम हुने व्यवसाय प्रशासनद्वारा निर्धारित समयावधी बमोजिम सञ्चालन गर्न पाइने निर्णय गरेको छ  ।

यस्तै निजी सवारी साधनमा जोरबिजोर लागु गरिएको छ । पछिल्लो समय थप गरिएको निषेधाज्ञामा सार्वजनिक सवारी साधन भने चल्न पाउने छैनन् । सरकारी कार्यालयमा सातामा दुईदिन विदा हुनेगरी सञ्चालन गर्न दिइनेछ ।

तपाइँको प्रतिक्रिया ।