गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ३,६८० पुग्यो, कुन वडामा कति संक्रमित ?
कपन अनलाइन
काठमाडौं, असार ४ । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ असार ३ गते सम्ममा १९३० जना पुरुष र १७८० जना महिला गरि कुल ३ हजार ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति कोरोना संक्रमित ?
गोकर्णेश्वर नगरपालिका वडा नं १ मा १०७ जना पुरुष र ६९ जना महिला गरि कुल १७६ जना
वडा नं २ मा १०६ जना पुरुष र ८१ जना महिला गरि कुल १८७ जना
वडा नं३ मा ९२ जना पुरुष र ८० जना महिला गरि कुल १७२ जना
वडा नं ४ मा २६७ जना पुरुष र २३९ जना महिला गरि कुल ५०६ जना
वडा नं ५ मा ३१०जना पुरुष र २४८ जना महिला गरि ५५८ जना
वडा नं ६ मा ४३६ जना पुरुष र ४०८ जना महिला गरि ८४४ जना
वडा नं ७ मा ११७ जना पुरुष र ११८ जना महिला गरि कुल २३५ जना
वडा नं ८ मा ३९० जना पुरुष र ३९५ जना महिला गरि कुल ७८५ जना
वडा नं ९ मा १०५ जना पुरुष र ११२ जना महिला गरि कुल २१७ जना संक्रमित रहेको जनाएको छ।हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी ८४४ जनामा कोरोना संक्रमित भेटिएको जानकारी गराएको छ ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।