गाउँपालिकावासीको पिडामा मलम लगाउदै नेकपा एमाले चम्पादेवी

गाउँपालिकावासीको पिडामा मलम लगाउदै नेकपा एमाले चम्पादेवी

कपन अनलाइन

काठमाण्डौ,असार ४।

नेकपा एमाले चम्पादेवी गाउँपालिका कमिटीले कोरोना प्रकोपको दोश्रो लहरमा विभिन्न अभियानहरु संचालन गर्दै आएको छ। गाउँ पालिकाका ११ वटै स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको कमिटीले अहिले कोरोना संक्रमित र मृत्यु भएकाहरुको परिवारलाई भेटघाट तथा सहयोगको अभियानलाई निरन्तरता दिएको छ।

यसै क्रममा नेकपा एमाले चम्पादेवीले वडा नं ८ चित्रेमा पुगेर कोरोना संक्रमणका क्रम मृत्यु भएका व्यक्तिको परिवारलाई नगद तथा खाद्यान्न सहयोग गरेको छ।

गाउँ कमिटीका अध्यक्ष खेम मिश्र ,जिल्ला कमिटी सदस्य पेन्नुरी शेर्पा ,समाजसेवी  मोहन घिमिरे, चम्पादेवी ८ का युवा नेता टुल्क तामाङ लगायतको टोलीले स्थानीय  केसर बहादुर गुरुङलाई नगर ५ हजार र दुई बोरा चामल सहयोग गरेको थियो भने हावाहुरीका कारण छानो बिहिन भएका  जंग बहादुर तामाङलाई त्रिपाल हस्तान्तरण गरेको थियो।

तपाइँको प्रतिक्रिया ।