सिन्धुपाल्चोक बाढी पहिरो पिडितको लागि कागेश्वरी मनोहरा नगरपालिकाले २० लाख सहयोग गर्ने

सिन्धुपाल्चोक बाढी पहिरो पिडितको लागि कागेश्वरी मनोहरा नगरपालिकाले २० लाख सहयोग गर्ने

कपन अनलाइन

काठमाडौं जेठ ३। कागेश्वरी मनोहरा नगरपालिकाले मेलम्ची नगरपालिका र  हेलम्बु गाउपलिकाको विपद राहत  कोषमा १० /१० लाखको दरले प्रदान गर्ने भएको छ  ।

नगरपालिकाले आज बिहान नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बैठक बसी २०७८ साल असार १ गते अविरल वर्षाले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउपलिका र मेलम्ची नगरपालिकामा मेलम्ची खोला तथा इन्द्रावती नदीमा आएको बाढीले धनजनको अकल्पनीय क्षति पुग्न गएको हुँदा राहत स्वरूप मेलम्ची नगर पालिका तथा हेलम्बु गाउपलिकको विपद राहत कोषमा १० /१० लाख रुपैयाका दरले कागेश्वरी मनोहरा नगरपालिकाको तर्फ बाट सहयोग गर्ने निर्णय भएको नगर प्रवक्ता राजाराम पुडासैनीले कपन अनलाइनलाइ जानकारी गराए साथै उक्त प्राकृतिक  प्रकोप बाट घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दो मृत्यु भएका दिवंगत ब्यक्तिहरु प्रति  हार्दिक श्रद्दान्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवार प्रति समबेदना ब्यक्त गरेको छ ।

तपाइँको प्रतिक्रिया ।