क्षेत्रीय सभापति : राजु श्रेष्ठ भन्छन, “न देशमा गान्धि जस्ता नेता छन, त नाथुराम गोड्से नै जन्मन सक्छ”

क्षेत्रीय सभापति : राजु श्रेष्ठ भन्छन, “न देशमा गान्धि जस्ता नेता छन, त नाथुराम गोड्से नै जन्मन सक्छ”

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २९।

बागमती प्रदेशका सदस्य नरोत्तम बैधले दिएको अभिव्यक्ति विवादमा परेर उनले आत्मालोचना  गरेको परिवेसमा नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठले आफ्नो धारणा सार्वजनिक गरेका छन।

के भन्छन श्रेष्ठ ? 

हत्या हिँसाकाे राजनीतिबाट मूलुकलाई जाेगाउँदै शान्ति स्थापनाका निम्ति शान्तिपूर्ण आन्दाेलनकाे नेतृत्व गरेकाे नेपाली काँग्रेसका सादगी, समाजसेवी नेता माननीय नराेत्तम बैद्यकाे अभिब्यक्तिलाई लिएर भएकाे तरँगित अवस्थामा केही लेख्न मन लाग्याे ।

त्यागी सर्बाेच्च नेता गणेशमान सिँह र सन्त नेता किसुनजीका अनुयायी, जीवनभर २४ सै घण्टा समाजसेवामा तल्लिन, खुट्टामा सदैब चप्पल मात्रै लगाई सादगी, सरल स्वभाव भएका परिपक्व राजनीतिज्ञ जसलाई सामुन्ने पाउँदा श्रद्धाले पाउ छुन मन लाग्छ तिनले किन दिए हाेला यस्ताे अभिब्यक्ति ? सँसदीय मर्यादा नाघेर ।

राजनीतिक संवादको  तुलनामा २४ सै घण्टा नराेत्तम दाईकाे माेवाईलमा घण्टी बज्दा रगत चाहियाे, हस्पिटल जानुपर्याे, एम्वुलेन्स, शव बाहन पठाईदिनुपर्याे, मृत्यु सँस्कारमा सहयाेग गरिदिनुपर्याे देखि दाल चामल सम्मकाे संवाद सुन्ने गरिन्छ ।

यदाकदा लाससँगैकाे बाग्मती नदिमा बाँदरले बच्चालाई पिठ्युँमा बाेकेर खाेला तर्न खाेज्दा नाक मुख भन्दा माथि पानी पुगेपछि बच्चालाई टेकेर आमा खाेला पारी पुगेर बिलाैना गरेकाे देखिन्छ । कतै यस्तै राजनीतिक परिदृष्यले त सादगी नराेत्तम बैद्यबाट अनायस यस्ताे अभिब्यक्ति आएकाे त हाेईन ? गान्धिकाे हत्या किन ? पुस्तकमा नाथुराम गोड्से  अदालतमा दिएकाे बयानमा देशलाई बिभाजन गरेकाे प्रति देशभक्ति भावकाे आवेशमा अहिँसाबादी गान्धिजीकाे हत्या गर्ने निर्णय भएकाे पढ्न पाईन्छ ।

गान्धिजी प्रति अगाध स्नेह राख्ने गान्धिबादलाई जीवनमा अनुशरण गरेका सादगी, समाजसेबी अनुकरणीय ब्यक्तित्व गान्धिबादी नेता नराेत्तम बैद्यसँग तत्काल माेवाईलमा सम्पर्क गरि जिज्ञासा राखेपछि मन शान्त भयाे ।

ब्यक्ति हत्या र हिँसाकाे राजनीतिलाई कहिल्यै स्विकार गर्न नसक्ने भन्दै “न त मूलुकमा गान्धि जस्ता नेता छन्, न त नाथु राम गोड्से नै  जन्मन सक्छ” उहाँले भन्नुभयाे “देशमा अति भाे भन्नका लागि मेराे उदाहरण गलत हुन पुग्याे । मैले आत्मालाेचना गरिसके ।” उहाँकाे भनाई पछि मलाई अझ बढी सम्मान बढ्याे नराेत्तम दाईप्रति ।

क्षमा माग्न पनि हिम्मत चाहिन्छ ! दाईकाे ‘आक्राेस’ पछिल्लाे राजनीतिक अवस्थाकाे उपज मात्र हाे । जुन अभिब्यक्ति बिवादित बन्याे त्यसलाई उहाँकाे प्रष्टिकरण र आत्मालाेचनाले समाधान गरिसकेकाे छ । गलत, गलत माथि गलत गर्दै झन उत्ताउलाे उन्माद गर्ने हाम्राे राजनीतिमा स्वच्छ मन भएका सादगी, गल्तिलाई सच्याउने आँट भएका ईमान्दार गान्धिबादी नेता।

तपाइँको प्रतिक्रिया ।