चुरे दोहन र पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन
कपन अनलाइन
काठमाडौँ, जेठ २८। मावोबादी निकट अखिल क्रान्तिकारी र क्रान्तिकारी युवा लिगले संयुक्त रुपमा सरकार बिरुद्द प्रदर्शन गरेको छ । आज माइतीघर मण्डलामा अखिल क्रान्तिकारीले चुरे उत्खनन गरी ढुंगा, गिट्टी, बालुवा निर्यात गर्ने सरकारी निर्णय र लगातार रुपमा भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेको हो ।
अखिल क्रान्तिकारी जिन्दावाद, राष्ट्रघाती एमसीसी परियोजना खारेज गर, युवाहरुलाई स्वदेशमै रोजगारको व्यवस्था गर, चुरे दोहन गरेर बालुवा गिटी विदेश लैजाने निर्णय तुरुन्त फिर्ता गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका प्रदशर्नकारीहरुलाई प्रदर्शन सुरू हुनेवित्तिकै प्रहरीले धरपकड गरेको थियो । प्रहरीले युवा संगठनका अध्यक्ष आकास महर्जन, बिधार्थी संगठनका अध्यक्ष हरिकृष्ण गजुरेल,पेशल दाहाल लगायत ११ जनालाई गिरफ्तार गरेको छ ।
फोटो :सरोज बस्नेत