चन्द्रागिरी नगरपालिका वडा नं १ द्वारा आर्थिक वर्ष २०७८/७९ को योजनाका लागि सुझाब माग

चन्द्रागिरी नगरपालिका वडा नं १ द्वारा  आर्थिक वर्ष २०७८/७९ को योजनाका लागि सुझाब  माग

कपन अनलाइन

काठमाडौं, जेठ २८।  चन्द्रागिरी नगरपालिका वडा नं १ दहचोकले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि आफ्नो टोल भित्र संचालन गर्न पर्ने योजनाको लागि सुझाब माग  गरेको छ । जेठ २७ गते वडा अध्यक्ष राजेन्द्र केसीले सार्वजनिक सुचना जारी गर्दै सुझाब दिन  सार्वजनिक सुचना मार्फत अनुरोध गरेका छन ।

उनले चन्द्रागिरी नगरपालिका वडा नं १ दहचोकमा आगामी आर्थिक वर्ष २०७८/७९ भित्र आफ्नो टोल बस्ति वरपरका सडक पूर्वाधार, ढल तथा नाली मर्मत सुधार, खानेपानी मर्मत सुधार, नयाँ बाटो रेखांकन ,गोरेटो बाटो स्तरोन्नति,शिक्षा स्वास्थ्य, कृषि, रोजगारीमुलक कार्यक्रम, पर्यटकीय पूर्वाधार, पुरानो पाटी, पौवा, ढुंगेधारा, सार्वजनिक जग्गा मुहान, बन तथा वातावरण संरक्षण एबम लागत सहभागिताको योजना लगायतका योजनाहरु संकलन गर्न टोल टोल बस्ति बस्तीमा गइ भेला तथा भेटघाट गरि लिनु पर्नेमा कोरोना भाइरस संक्रमणको कारण भेला हुन नमिल्ने भएको हुँदा माथि उल्लेखित योजना तथा कार्यक्रमहरु मध्ये आवश्यकता अनुसार निम्न सम्पर्क ब्यक्तिहरुलाई सम्पर्क गरि फोन वा भाइबर मार्फत योजना तथा कार्यक्रमहरु २०७८ साल असार ३ गते सम्म टिपाउन अनुरोध गरेका छन ।साथै उनले प्राप्त सबै योजना तथा कार्यक्रमहरु योजना बैंकमा राखी प्राथमिकताको आधारमा योजना छनौट गरि नगर सभामा पेश गरिने समेत सार्वजनिक सुचना मार्फत जानकारी गराएका छन ।

सम्पर्क ब्यक्ती र नम्बर

१) राजेन्द्र केसी वडा अध्यक्ष : ९८५१२७३८०१

२) शान्ता गिरि  कार्यपालिका सदस्य : ९८४३१३४९१५

३) गोबिन्द थापा वडा सदस्य : ९८४१४७८३०१

४) मणिराम गिरि वडा सदस्य : ९८४१४१९९२६

५) सरस्वती रोका  महिला वडा सदस्य : ९८१८००३२६२

तपाइँको प्रतिक्रिया ।