गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विस्वासको मत पाएनन

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विस्वासको मत पाएनन

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २६।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विस्वासको मत प्राप्त गर्न नसके पछी सरकार ढलेको छ  ।

आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा मतदान भएको थियो। मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए।

मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत आएको छ।मुख्यमन्त्री गुरूङलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले भोट दिएका थिएनन्। ३ जना सांसद रहेको जनमोर्चाका एक सांसद भने तटस्थ बसेका छन्।

तपाइँको प्रतिक्रिया ।