किवानिज बागमती प्रदेश पूर्व तर्फको लिउथिनियन गभर्नरमा सुजित बस्नेत

किवानिज  बागमती  प्रदेश पूर्व तर्फको लिउथिनियन गभर्नरमा सुजित बस्नेत

कपन अनलाइन

काठमाडौं जेठ २३। बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज नेपाल   बागमती प्रदेश को पूर्व तर्फको लिउथिनियन गभर्नरमा सुजित बस्नेत सर्वसम्मत निर्वाचित भएका छन्।सन् २०२१-२०२२ को लागि लिउथिनियन गभर्नरमा बस्नेत भर्चुअल जुम मिटिङबाट भएको निर्वाचनमा उनि सर्वसम्मत रूपमा निर्वाचित भएको किवानिज क्लव सिन्धोपाल्चोकका  संस्थापक अध्यक्ष नारायणबहादुर राउतले जानकारि दिएका छन् ।
यस्तै काठमाडौं बाटिकाबाट शरदकुमार दाहाल इलेक्ट लिउथिनियन गभर्नरमा सर्वसम्मत निर्वाचित भएका छन्।

सो भर्चुअल जुम मिटिङमा किवानिज नेपालका गभर्नर मोहन लम्सालले किवानिज नेपालको गठन र यसको उदेश्यका साथै नेपाल भर यस्ले बालबालिका क्षेत्रमा गरेका कार्यक्रमहरूका बारेमा चर्चा गरेका थिए ।नवनिर्वाचित लिउथिनियन गभर्नर बस्नेतले किवानिज नेपालका सम्पूर्ण पदाधिकारी, प्रदेश ३ पूर्वका गभर्नरका साथै किवानिस क्लबका सम्पूर्ण सदस्य, किवानिज क्लब सिन्धुपाल्चोकका संस्थापक अध्यक्ष नारायणबहादुर राउत र किवानिस क्लब सिन्धुपाल्चोकका सबै सदस्यलाइ धन्यवाद ज्ञापन गरेका थिए । उक्त  भर्चुअल जुम मिटिङमा किवानिज नेपाल बागमती  प्रदेशका १३ वटा क्लवका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।