काठमाडौं उपत्यकामा निषेधाज्ञाको मोडालिटी परिवर्तनको तयारी , के के खुकुलो हुन्छ ?
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १८।
काठमाडौं उपत्यकामा विगत एक महिनादेखि जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो। जिल्ला प्रशानन कार्यालयले खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान १० बजेसम्म खोल्न दिने तयारी गरेको छ।
प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी मोडालिटी तयार गरेको छ ।
त्यस्तै स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान १० बजेसम्म वर्कशप सञ्चालन गर्न पाइने छ भने उद्योगले कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न सक्नेछन् ।
उपत्यकाका कााठमाडौं, भक्तपुर र ललितपुरका सीडीओको बैठकले उपत्यकाको निषेधाज्ञालाई जेठ २० गतेदेखि थप १० दिन लम्ब्याएर जेठ ३० गतेसम्म पुर्याउने गरी तयारी गरेका छन्।