जनता समाजवादी पार्टी (जसपा) बाट अध्यक्ष महन्थ ठाकुरसहित चार नेता निष्काशित

कपन अनलाइन

काठमाडौं जेठ १८।

जनता समाजवादी पार्टी (जसपा) बाट अध्यक्ष महन्थ ठाकुरसहित चार नेता निष्काशित भएका छन् ।
अध्यक्ष उपेन्द्र यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेका हुन् ।

यसअघि गएको बुधबार उनीहरु चारै जनालाई स्पष्टीकरण सोधिएको थियो । सो स्पष्टीकरणको जवाफ नदिएपछि २४ घण्टे थप स्पष्टीकरण माग गरेका थिए । तर, त्यसको पनि जवाफ नदिएपछि पार्टीबाट निष्काशन गरिएको जसपा स्रोतले जानकारी दिएको छ । महन्थ पक्षले प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ ।

महन्थ पक्षले आठ मन्त्री र दुई राज्यमन्त्रीसहित ओली सरकारमा जाने निर्णय गरिसकेको छ । २०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीबीच एकता भएको थियो । चार नेता निष्काशित गरेपछि जसपा औपचारिक रुपमा विभाजन भएको छ ।

तपाइँको प्रतिक्रिया ।