चम्पादेवी-९ का हरेक घरमा उर्जासिल ग्रामीण बिकास युवा सेवा समाजको स्वास्थ्य सामाग्री सहयोग

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १७।

चम्पादेवी गाउँपालिका वडा नं ९ मा स्थापना भएर विभिन्न सामाजिक र रचनात्मक गतिविधि गर्दै आएको उर्जासिल ग्रामीण बिकास युवा सेवा समाजले वडाका सबै घरहरुमा स्वास्थ्य सामाग्री वितरण गरेको छ।

कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियानमा योगदान दिनका लागि सो संस्थाले वडाका प्रत्येक घरमा साबुन ,मास्क र स्यानीटाईजर वितरण गरेको थियो ।

पछिल्लो समयमा चम्पादेवीमा कोरोना संक्रमितहरुको शंख्या बढ्दै गएकोले सचेत रहन आग्रह गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न अपिल गरेको छ।

तपाइँको प्रतिक्रिया ।