नेकपा एमाले बागमती प्रदेस संसदीय दलको बैठक सम्पन्न,सहजीकरण समिति गठन

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १४।

नेकपा एमाले बागमती प्रदेस संसदीय दलको बैठक सम्पन्न भएको छ। पासांगल्यामु प्रतिष्ठान धुम्बाराहीमा बागमती प्रदेसका मुख्यमन्त्रि तथा संसदीय दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सहजीकरण समिति गठन गरेको छ।

प्रदेस सभाको आगामी अधिवेसन ,प्रदेशको बजेट लागयतका महत्वपूर्ण विषयहरुमा सहजीकरण गर्नका लागि नौ सदस्यीय समिति गठन गरिएको नेकपा एमाले बागमती प्रदेस संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिएका छन।

उक्त सहजीकरण समितिमा प्रदेस सभा सदस्य राजेन्द्र प्रसाद पाण्डे, प्रदेशका मन्त्रिहरु कैलाश ढुंगेल ,रामेश्वर फुयाल ,केशव प्रसाद पाण्डे,प्रदेस सभा सदस्यहरु अरुण नेपाल ,नारायण सिलवाल, कृष्ण खनाल ,रमा आलेमगर र मुख्य सचेतक दीपक निरौला  रहेका छन।

आज भएको नेकपा एमाले बागमती प्रदेस संसदीय दलको पहिलो बैठकले बागमती प्रदेस सभा सदस्य तथा  नेकपा एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागाईको निधन प्रति दुख व्यक्त गर्दै श्रदान्जली अर्पण गर्दै सम्पन्न भएपछी दोश्रो बैठक गरिएको थियो।

 

तपाइँको प्रतिक्रिया ।