विवेकशील साझा पार्टीका नेता उज्जवल थापा अस्पतालमा
कपन अनलाइन
काठमाडौं ,जेठ १४ ।विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य स्थिति जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना गरिएका उनको फोक्सोमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । पार्टीका संयोजक मिलन पाण्डेका अनुसार ह्याम्पसबाट उनलाई ग्राण्डी अस्पताल रिफर गरिएको थियो ।
शुक्रबार नेपाल मेडिसिटी अस्पतालमा लागिएको छ ।उनको थप उपचार इक्मो प्रविधिबाट गर्नुपर्ने भएको र त्यो प्रबिधि मेडिसिटीमा मात्र भएकाले रेफर गरिएको हो , यो जटिल अवस्थामा गरिन्छ ।’ इक्मोको उपचारका लागि २५-३० लाख लाग्ने भएको हुँदा सो उपचारको लागि परिवारको अनुमतिमा आर्थिक सहयोगको समेत आवहान गरेका छन ।उनले संकलित सम्पूर्ण अर्थको हिसाब किताब पारदर्शी हिसाबले गर्ने जानकारी गराएका छन। ‘थापा २९ असोज २०७६ अघिसम्म विवेकशील नेपाली दलको अध्यक्ष थिए ।
फोटो :सामाजिक संजाल