हाल सम्म गोकर्णेश्वर नगरपालिकामा ६१४ जना सक्रिय कोरोना संक्रमित

कपन अनलाइन

काठमाडौं जेठ ११। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ १० गते सम्ममा ९३७ जना पुरुष र ८०३   जना महिला गरि कुल  १७४०  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ । कुल संक्रमित मध्ये  ६१६ जना पुरुष र  ४७६   जना महिला गरि कुल १०२५ जनाले  कोरोना जितेका छन  ।हाल सम्म नगरपालिकाका  २० जना पुरुष र १४ जना महिला गरि कुल ३४ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हाल नगरपालिकामा ३०१ जना पुरुष र ३१३ जना महिला गरि कुल ६१४ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको  छ ।

हाल सम्म ११जना पुरुष र१८ जना महिला गरि कुल २९जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने २८३ जना पुरुष र २८९ जना महिला गरि कुल ५७२ जना होम आइसोलेसनमा रहेको जानकारी गराएको छ ।हाल सम्म नगरपालिकामा  ३६५  जना पुरुष र ४४८  जना महिला गरि कुल ८१३ जनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिएको र उक्त परिक्षण गर्दा ६१ जना पुरुष र ९० जना महिला गरि १५१ जनाम पोजेटिभ देखिएको जनाएको छ ।त्यसै गरि हाल सम्म नगरपालिकाले  २०८४ जना पुरुष र १९०६ जना महिला गरि कुल ३९९० जनाको पी सी आर परिक्षण गरिएको जनाएको छ  ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले  अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

 

 

तपाइँको प्रतिक्रिया ।