सीसीएमसीको प्रमुख कार्यकारी निर्देशकमा पुर्व जर्नेल बालानन्द शर्मालाई नियुक्त

सीसीएमसीको प्रमुख कार्यकारी निर्देशकमा पुर्व जर्नेल बालानन्द शर्मालाई नियुक्त

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ११।

सरकारले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुख कार्यकारी निर्देशकमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको सीईओ नियुक्त गरेको हो ।सरकारले यसै साता जारी गरेको स्वास्थ्य आपतकाल सम्बन्धी अध्यादेशले सीसीएमसीको संरचनामा परिवर्तन गरेर सीसीओ नियुक्तिको प्रावधान थपेको थियो ।

अध्यादेशको सोही प्रावधान अनुसार  शर्मालाई सीईओ बनाइएको हो ।

तपाइँको प्रतिक्रिया ।