बुढानिलकण्ठ-१३ गाम्चामा एक व्यक्ति मृत भेटिए

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ११।

बुढानीलकण्ठ नगरपालिका वडा नं १३ को गाम्चामा एक व्यक्ति मृत फेला परेका छन  छ। उक्त वडा लगायत अन्य स्थानमा ज्यामि काम गर्दै आएका थिए ।

गाम्चामा  मृत फेला परेका ति  व्यक्ति हाल चुनिखेलमै बसोबस  गर्दै आइरहेका अन्दाजी ४०/४२ उमेरका व्यक्तिको नाम गोविन्द खड्का रहेको बुढानिलकण्ठ प्रहरीले जानकारी दिएको छ।

सो व्यक्तिको शरिरमा कुनैपनि किसिमको घाउ/चोट नभएको र हाल मृत्युको कारण समेत खुल्न नआएकोले  तत्काल पोस्टमार्टमका लागि महाराजगञ्ज स्थित टिचिङ्ग अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ।

मृतक  खड्काको  वास्तविक पहिचान तथा स्थायि ठेगाना खुल्न नसकेकोले थप जानकारीका लागि अनुसन्धान भइरहेको  छ।  फोटो सौजन्य :बिएस्जी न्युज

तपाइँको प्रतिक्रिया ।