ओखलढुंगा जिल्लामा PCR परिक्षण मेसिन खरिदका लागि २५ लाख बिनियोजन
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १०।
ओखलढुंगा जिल्लामा PCR परिक्षण मेसिन खरिदका लागि २५ लाख बजेट बिनियोजन गरिएको छ। स्वास्थ्य मन्त्रालयले ओखलढुंगा जिल्लामा मेसिन खरिदका लागि बजेट बिनियोजन गरेको हो।
जिल्लामा परिक्षण मेसिनको अभावका कारण स्थानीयहरुले निकै कस्ट भोग्नु परेको गुनासो बढे संगै विभिन्न व्यक्तित्वहरुको पहलमा सो रकम विनियोजन भएको हो।
यो रकम बिनियोजन संगै ओखलढुंगा जिल्ला अस्पतालमा नै PCR परिक्षणका लागि आएका स्वावहरुको परिक्षण गरेर रिपोर्ट तयार गर्न सकिनेछ।
तपाइँको प्रतिक्रिया ।