हस्ताक्षर नगरी संसद भवन बाट बाहिरिए सुरेन्द्र पाण्डे
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ९।
नेकपा एमाले सांसद सुरेन्द्र पाण्डे संसद भवनको ल्होत्से हलबाट एकाएक बाहिरिएका छन्। उनले आज रिट दायर नहुने भन्दै बाहिरिएका छन्।
नेता पाण्डेले प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा हस्ताक्षर नगरी बाहिरिएका छन् ।
अदालत ले ३ बजे पछी रिट नलिने भएकोले आज रिट दर्ता नहुने आशंका गरिएको छ । गठबन्धनले नयाँ बानेश्वरस्थित संसद भवनमा संसद विघटनको रिटमा हस्ताक्षेर गराइ रहेको छ ।
तपाइँको प्रतिक्रिया ।