यी हुन स्पष्टीकरण सोधिएका बागमती प्रदेसका १४ प्रदेस सभा सदस्यहरु

कपन अनलाइन

हेटौडा ,जेष्ठ ८।

नेकपा एमाले बागमती प्रदेस संसदीय बोर्डको बैठकले पार्टीको निर्णय विरुद्ध गतिविधि गर्ने १४  प्रदेस सभा सदस्यहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको  छ।

बोर्डको आज हेटौडा मुख्यमन्त्री निवासमा बसेको बैठकले प्रदेसमा अविस्वासको प्रस्ताव पेश गर्ने देखि लिएर रास्ट्रिय सभाको उपनिर्वाचन सम्म पार्टी निर्णय विरुद्ध उभिएका प्रदेस सभा सदस्यहरुलाई भोलि बेलुका ५ बजे सम्म स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो।

सो बोर्ड बैठकले प्रदेस सभा सदस्यहरु अस्ट लक्ष्मी शाक्य ,राजेन्द्र प्रसाद पाण्डे ,अरुण प्रसाद नेपाल ,रचना खड्का ,कुसुम कुमार कार्की ,मनु सिग्देल ,बसुन्धरा हुमागाई ,लक्ष्मण लम्साल ,इन्द्रमाया गुरुङ ,कृष्ण प्रसाद खनाल ,बसन्त मानन्धर ,शान्ति प्रसाद पौडेल,पार्वती सिलवाल  र मिना ज्ञवालीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

तपाइँको प्रतिक्रिया ।