बुढानीलकण्ठ नगरपालिकामा ६७ कोरोना संक्रमित थपिए

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ५।

बुढानीलकण्ठ नगरपालिकामा पछिल्लो २४ घण्टामा थप ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जेष्ठ ४ गते   २७ पुरुष र ४० महिला सहित ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार थपिएका संक्रमितसँगै नगरपालिकामा संक्रमित हुनेहरुको कुल संख्या १,३५७ पुगेको छ।

वडागत विवरणः

वडा नं :२  तीन महिला र एक पुरुष

वडा नं : ३  चार महिला र  दुई पुरुष

वडा नं ६ :  छ महिला र एक पुरुष

वडा नं ७ :  दुई महिलार दुई पुरुष

वडा नं ८ :  चार महिला र  चार पुरुष

वडा नं ९ :  पाँच महिला र  एक पुरुष

वडा नं १० : सात महिला र छ पुरुष

वडा नं ११ : पाँच महिला र  चार पुरुष

वडा नं १२ :  दुई महिला र पाँच पुरुष

 

तपाइँको प्रतिक्रिया ।