लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युडको भूम्कम्प,काठमाण्डौमा धक्का महसुस

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ५।

लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युडको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।

तपाइँको प्रतिक्रिया ।