गोकर्णेश्वर दुर्घटनाका मृतकको पहिचान खुल्यो, ठक्कर दिने ट्रीपर चालक बौद्ध प्रहरीको नियन्त्रणमा
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १।
गोकर्णश्वर नगरपालिका वडा नं ४ गोकर्णमा शुक्रबार बेलुकी ट्रीपरको ठक्करबाटको मृत्युु भएका युवाको पहिचान खुलेको छ ।
सुन्दरीजल बाट जोरपाटी तर्फ गइरहेको बा. ३ ख.४७७९ नम्बरको टिपरले ठक्कर दिदा बागमती प्रदेश ०२०२० प ४५३० नम्बरको मोटरसाइकलमा सवार शैलुङ गाउपालिका २ भुषाफेदा स्थाइ घर भई सुन्दरीजल नयाँपाटी बस्ने बर्ष ४० को बिक्रम तामाङको मृत्युु भएको जानकारी महानगरीय प्रहरी बृत बौद्वको डि एस पि नवीन कार्कीले जानकारी दिएका छन ।
बाटो खराबका कारण मोटरसाइकल अनियंत्रित भएर लडिएको र विपरीत दिशाबाट तिब्र गतिमा आएको टिपरले ठक्कर दिदा । मृतक तामाङकोतामाङको घटनास्थामा मृत्यु भएको थियो। मृतकको शब पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ भने टिपर चालक बौद्ध प्रहरिको नियन्त्रणमा रहेका छन ।
तपाइँको प्रतिक्रिया ।