गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ८७६ पुग्यो, ४५० जना संक्रमण जितेर घर फर्किए

गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ८७६ पुग्यो, ४५० जना संक्रमण जितेर घर फर्किए

कपन अनलाइन

काठमाडौं, बैशाख ३०। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ बैशाख ३० गते सम्ममा  ४९८  जना पुरुष र ३७८   जना महिला गरि कुल ८७६  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ । त्यसै गरि कुल संक्रमित मध्ये ४५०जनाले कोरोना जितेर घर फर्किएका छन् भने हाल सम्म १२ जना पुरुष र ५ जना महिला गरि कुल १७ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हाल नगरपालिकामा २३३ जना पुरुष र १७६जना महिला गरि ४०९जनासक्रिय संक्रमित रहेको जानकारी गराएका छन् । हाल सम्म ५ जना पुरुष र ७ जना महिला गरि कुल १२ जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने २२० जना पुरुष र १६४जना महिला गरि कुल ३८४जना होम आइसोलेसनमा रहेको जानकारी गराएका छन् ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा १७ जना पुरुष र ८ जना महिला गरि कुल २५  जना

वडा नं २ मा २९ जना पुरुष र १५ जना महिला गरि कुल ४४ जना

वडा नं३ मा २७   जना पुरुष र १३   जना महिला गरि कुल ४०  जना

वडा नं ४ मा ८४  जना पुरुष र ६२  जना महिला गरि कुल १४६  जना

वडा  नं ५ मा  ९२ जना पुरुष र  ६५   जना महिला गरि १५७  जना

वडा नं ६ मा ८८  जना पुरुष र ८२   जना महिला गरि १७० जना

वडा नं ७ मा ४३   जना पुरुष र ४१ जना महिला गरि कुल ८४  जना

वडा नं  ८ मा ९१ जना पुरुष र ६९ जना महिला गरि कुल १६० जना

वडा नं ९ मा २७  जना पुरुष र २३जना महिला गरि कुल ५०  जना संक्रमित   रहेको जनाएको छ।

हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी १७० जनामा कोरोना संक्रमित भेटिएको छ।कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले  अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।