शंखरापुर नगरपालिकामा थप आइसोलेसन केन्द्र निर्माणको लागि स्वास्थ्यकर्मी संग सहयोगको अपिल

शंखरापुर नगरपालिकामा थप आइसोलेसन केन्द्र निर्माणको लागि स्वास्थ्यकर्मी संग सहयोगको अपिल

कपन अनलाइन

काठमाडौँ, बैशाख २७। शंखरापुर नगरपालिकाले सार्वजनिक सुचना जारी गरेको छ ।नगर प्रमुख सुवर्ण श्रेष्ठ द्वारा जारी गरिएको उक्त सुचनामा हालका केहि दिन देखि शंखरापुर नगरपालिका क्षेत्र भित्र नयाँ भेरियन्ट सहितको कोभिड – १९को संक्रमण बढ्नुका साथै संक्रमितको संख्या बढ्दै गएकोले थप आइसोलेसन केन्द्र थप्नु पर्ने भएको हुँदा आइसोलेसन केन्द्र संचालन गर्न नगरपालिकामा मेडिकल टिमको अभाबका कारण बढाउन नसकिएकोले सहयोगको लागि इच्छुक मेडिकल डाक्टर स्टाफ नर्स अ.न.मि हरुले यथासक्य छिटो शंखरापुर नगरपालिकाको कार्यालय स्वास्थ्य शाखामा सम्पर्क गर्न  सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।