गोकर्णेश्वर नगरपालिकाका २३८ जनाले कोरोना जिते

गोकर्णेश्वर नगरपालिकाका २३८ जनाले कोरोना जिते

कपन अनलाइन

काठमाडौं,बैशाख २७। गोकर्णेश्वर नगरपालिकाका २३८ जनाले कोरोना जितेका छन।  गोकर्णेश्वर नगरपालिकामा २०७८ साल बैशाख २६ गते सम्ममा कुल ६५४  संक्रमित मध्ये १४१  जना पुरुष र ९७  जना महिला गरि कुल २३८ जनाले कोरोना जितेको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ। नगरपालिकामा २२९ जना पुरुष र १८०जना महिला गरि कुल ४०९ जना सक्रिय संक्रमित रहेका छन् भने हाल सम्म ५ जना पुरुष  र १ जना महिला गरि कुल ६ जना कोरोना संक्रमितको मृत्यु भएको  जनाएको छ ।

त्यसैगरि १८९ जना पुरुष र १५० जना महिला गरि कुल ३३९ जना होम आइसोलेसनमा रहेको र ८ जना पुरुष र १ जना महिला गरि कुल ९ जना  अस्पतालको आइसोलेसनमा रहेको पनि जानकारी गराएको छ। हाल सम्म नगरपालिकाले २८०जना पुरुष र ३२५ जना महिला गरि कुल ६०७जनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरेको छ।  एन्टीजेन परिक्षण गर्दा ३४ जना पुरुष र ३६ जना महिला गरि कुल ७० जनामा कोरोना पोजेटिभ देखाएको जानकारी गराएका छन।

त्यसै गरि नगरपालिकाले हाल सम्म १७२९ जना पुरुष र १५५७ महिला गरि कुल ३२८६ जनाको पि सी आर परिक्षण गरेको जनाएको छ ।  कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले  अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।