राप्रपा शंखरापुर नगर कमिटि द्वारा स्वास्थ्य सामग्री प्रदान
कपन अनलाइन
काठमाडौँ, बैशाख २६। राष्ट्रिय प्रजातन्त्र पार्टी शंखरापुर नगर कमिटीले आधारभुत स्वास्थ सामाग्री प्रदान गरेको छ।शंखरापुर वडा नं ६ र ७ का कोरोना संक्रमण भई होम आइशुलेशनमा रहेका बिरामीहरूलाई अति आवश्यक आधारभुत स्वास्थ सामाग्री प्रदान गर्ने योजना अनुरुप सस्थ्य सामग्री प्रदान गरिएको हो ।
नगर कमिटीका अध्यक्षले शंखरापुर नगरपालिका वडा६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ र वडा नं ७ का वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठलाइ हस्तान्तरण गरिएको छ। साथै नगर कमिटीले आगामी दिनमा अन्य वडामा पनि स्वास्थ्य सामाग्री प्रदान गर्दै जाने योजना रहेको जानकारी गराइएको छ । त्यसै गरि शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गए पछि थप स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन समेत अनुरोध गरेको छ भने प्राप्त स्वास्थ्य सामग्री आज बाट वितरण गर्ने वडा अध्यक्षहरुले जानकारी गराएका छन।