दुई नगरका तिन आइसोलेसन केन्द्रको निरीक्षणमा दिपक निरौला,टोखामा अक्सिजन प्लान्ट स्थापनाको पहल गर्ने

दुई नगरका तिन आइसोलेसन केन्द्रको निरीक्षणमा दिपक निरौला,टोखामा अक्सिजन प्लान्ट स्थापनाको पहल गर्ने

कपन अनलाइन

काठमाण्डौ , बैशाख २५।

नेकपा एमाले बागमती प्रदेस संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले बुढानिलकण्ठ र टोखा नगरपालिकाका तिन आइसोलेसन केन्द्रको निरीक्षण गरेका छन।

काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट प्रदेस सभा सदस्यमा निर्वाचित नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका सचिव निरौलाले बुढानिलकण्ठ नगरपालिका वडा नं २ र १० मा रहेका आइसोलेसन केन्द्रको निरीक्षण गर्दै विविध सुझाव प्रदान गरेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ का अध्यक्ष राजेन्द्र खड्का र सदस्य राजेन्द्र श्रेष्ठ सहितको उपस्थितिमा बिएमसिए आइसोलेसन केन्द्र पुगेका उनले त्यहा रहेको स्टाफ नर्स र अन्य स्वास्थ्यकर्मीहरुको रहने कोठा परिवर्तन गरेर अर्कै स्थानमा बनाउन सुझाव दिएका थिए।

त्यस्तै बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई र सदस्य चन्द्रमान श्रेष्ठ सहितको उपस्थितिमा बालुवाखानी नगर अस्पताल निर्माण स्थलमा रहेको आइसोलेसन केन्द्रको निरीक्षण गर्दै उनले त्यहाको सौन्दर्यिकरण र अन्य पूर्वाधार निर्माणका लागि सुझाव दिएका थिए।

यी  निरीक्षणमा निरौला संगै नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोल पनि संगै रहेका थिए।

टोखामा अक्सिजन प्लान्ट निर्माणको पहल गर्ने 

त्यस्तै टोखामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेसन केन्द्रको निरीक्षणमा पुगेका प्रदेस सभा सदस्य निरौलालाई नगर प्रमुख प्रकास अधिकारीले सो स्थानमा अक्सिजन प्लान्ट स्थापनाको पहलका लागि आग्रह गरेका थिए।

टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोल , वडा नं ३ का अध्यक्ष दिपक राज जोशी , वडा नं ३ का अध्यक्ष सिंह राज श्रेष्ठ ,नेकपा एमाले टोखा नगर कमिटीका अध्यक्ष सत्य नारायण डंगोल र २ नं वडा शाखा कमिटीका अध्यक्ष नबिन श्रेष्ठ सहित  केन्द्रमा पुगेका निरौलाले प्लान्ट स्थापनाका लागि आवस्यक तयारी र प्रक्रिया शुरु गर्नका लागि नगरप्रमुखलाई आग्रह गरेका थिए।

त्यस्तै निरीक्षणका क्रममा नेकपा बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोलको संयोजनमा टोखा आइसोलेसन केन्द्र ,प्रहरी वृत बालाजु र महाराज गंजलाई १५ सय वटाका दरले तथा प्रहरी प्रभाग बुढानिलकण्ठलाई ७५० वटा मास्क वितरण गरिएको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।