नेकपा (एमाले) बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला

नेकपा (एमाले) बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला

कपन अनलाइन

काठमाण्डौ , बैशाख २३।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनित भएका छन । तत्कालीन मुख्य सचेतक केशब पाण्डे प्रदेशको आन्तरिक तथा कानुन मन्त्री भएपछि रिक्त रहेको सो पदमा निरौलालाई मनोनयन गरिएको हो ।

दलका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा (एमाले) को दलको बिधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेका हुन्  । निरौलालाई गत १७ गते मुख्य सचेतकमा नियुक्त गरि आज बागमती प्रदेश सभा सचिवाललाई जानकारी  गराईएको छ ।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका सचिव रहेका निरौला काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट प्रदेस सभामा निर्वाचित भएका थिए ।

तपाइँको प्रतिक्रिया ।